मनोरञ्जन
नवलपरासीका केसी दाजुभाईको म्युजिक भिडियो ‘जिन्दगी बरर्वाद’ सार्वजनिक

चितवन, कात्तिक १-
नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि ‘समर्पण’ सांगीतिक समूह मार्फत् स्तरीय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आउनु भएको युवा संगीतकर्मी लभध्वज केसी र चन्दन ध्वज केसीले नयाँ म्युजिक भिडियो ‘जिन्दगी बर्वाद’ सार्वजनिक गर्नुभएको छ ।
पहिला नै अडियो भर्सनमा सार्वजनिक भइसकेको यो गीत धेरै स्रोता माझ लोकप्रिय बनिसकेको छ । मुलत थारु भाषा र अंग्रेजी र्यापको फ्युजन यस गीतमा दुई दाजुभाई लब ध्वज केसी र चन्दन ध्वज केसीको स्वर सुन्न सकिन्छ । गीतमा शब्द , संगीत र लबध्वज केसी र कुश ध्वज केसीको रहेको छ । यस गीतलाई किरण तुलाधरले संगीत संयोजन गर्नु भएको हो ।
नवलपरासी घर भै हाल काठमाडौमा आफ्नो संगीत यात्रा अघि बढाइरहनु भएको केसी दाजुभाइले स्थानीय पर्यटन प्रवद्र्धनको उद्देश्यसहित म्युजिक भिडियोको छायांकन नवलपरासी वरपर नै गर्नुभएको हो । म्युजिक भिडियोमा गायक चन्दनध्वज केसी र समीक्षा पोखरेल फिचर्ड हुनुहुन्छ । बुद्ध थापाले छायांकन गर्नुभएको भिडियोलाई विकास दाहालले सम्पादन गर्नु भएको हो । प्रकाश धितालको निर्देशनमा भिडियो तयार पारिएको हो ।
https://youtu.be/vl3po33Ooe4
पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसँगै मौलिकपना झल्किने नेपाली गीतसंगीत युवाहरुले भुल्न थालेकोले नयाँपनसहित आजको पुस्ता माझ परिचित गराउन र कलाकारलाई स्रोता दर्शक माझ चिनाउनका लागि यो म्युजिक भिडियोसहितको गीत बजारमा ल्याएको गायक दाजुभाई केसीले बताउनु भएको छ ।
























