Breaking News

कोरोना संक्रमणबाट खैरहनी १२ का वडा सदस्य पाण्डेको निधन

०
Banner

चितवन, कार्तिक १–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट चितवनको खैरहनी नगरपालिका–१२ का वडा सदस्य ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको छ ।

भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत पाण्डेको आज (शनिबार) विहान १ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका पाण्डे असोज ३० गते श्वासप्रश्वास, खोकीसहितको समस्या भई अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

वडा सदस्य पाण्डे क्यान्सर रोगबाट समेत ग्रसित थिए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>