चितवन विशेष

ट्रेड युनियन चितवनद्धारा निजामती सन्देश स्मारिका प्रकाशन

Banner

चितवन,असोज ३०-

निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन चितवनले निजामती सन्देश स्मारिका प्रकाशन गरेको छ । स्मारिकाको आज (शुक्रबार) एक कार्यक्रमका विच आधिकारी ट्रेड युनियनका केन्द्रिय अध्यक्ष भोलानाथ पोखरेलले स्मारिकाको विमोचन गर्नुभयो ।

सो अवसरमा बोल्दै पोखरेलले ट्रेड यूनियनको निर्वाचन समयमै हुने बताउनुभयो । उहाँले कर्मचारीको हक हितका लागि निरन्तर आवाज उठाइरहेको बताउँदै सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले सरकारले जिम्मेवार पूर्वक खटाएको ठाँउमा कर्मचारीहरु गएर सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरु नयाँ नयाँ प्रविधिमा अभ्यास्त हुन सक्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा नजिकिदै गरेका बिजया दशमी, दिपावली,छठ लगाएतका पर्वको शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा निजामती युनियन संघका अध्यक्ष बासु सापकोटा,युनियन संघका केन्द्रिय सदस्य मनराज वस्ती, निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष बैकुण्ठ गुरागाईँ लगाएतले बोल्नुभएको थियो । जिल्ला कार्यसमिति उपाध्यक्ष कृष्णहरी पण्डितले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष हरिहर शर्मा तिवारीले गर्नुभएको थियो ।कार्यक्रम जिल्ला सचिव प्रेम प्रसाद ढकालले संचालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>