Breaking News

पछिल्लो २४ घण्टामा थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५ सय २२ निको भए

Banner

काठमाडौं, असोज ३०-

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>