चितवन विशेष
भरतपुरको सिजी ल्यान्डमार्कमा दसैं, तिहार र छठको मेगा फेस्टिभ अफर

भरतपुर,असोज ३०-
चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले दसैं, तिहार, छठ जस्ता चाडपर्वको अवसर पारेर ‘मेगा फेस्टिभ अफर’सार्वजनिक गरेको छ । अफर अन्तर्गत मलमा एक हजार रुपैयाँभन्दा माथिको किनमेल गर्ने ग्राहकमध्ये एकजनाले यामाहाको रे जेड स्कुटर जित्न सक्ने मलका म्यानेजर उज्ज्वल केसीले जानकारी दिए । उनका अनुसार उक्त मलको जुनसुकै पसलमा एक हजार रुपैयाँभन्दा बढीको सपिङ गर्ने ग्राहकले एउटा लक्की ड्र कुपन निःशुल्क पाउनेछन् । स्किमको अवधि सकिएपछि ती कुपनहरुलाई समावेश गरेर लक्की ड्र मार्फत विजेता चयन गरिने केसीको भनाइ छ ।
लक्की ड्र बाट यामाहाको रे जेड स्कुटरका अलावा गोदरेजको वासिङ मेसिन र रेफ्रिजिरेटर, सिजीको एलइडी टिभी, मोबी हबबाट सामसङ स्मार्टफोन, गोदरेजको माइक्रो वेभ ओभन, सिजीको भ्याकुमक्लिनर, डिआर साइकलबाट किड साइकल, इभो मोबइलबाट बार मोबाइल फोन १० थान, जंगल सफारी लजमा भ्याकेसन प्याकेज २५ जनालाई प्रदान गरिने उनले जानकारी दिए ।
त्यसैगरी मेघौली सेराई, फ्रेन रेजिडेन्सी, सिजी रिट्रिटका १० वटा भ्याकेसन प्याकेज पनि उपहारमा राखिएको छ । १० जनालाई भरतपुरको पुरानो मेडिकल कलेजबाट हेल्थ केयर प्याकेज प्रदान गरिने केसीको भनाइ छ ।
मलले दसैं किनमेललाई सुरक्षित बनाउन विशेष सुरक्षा सावधानी अपनाएको केसीले जानकारी दिए । व्यवस्थापनले ग्राहकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै सामाजिक दुरी, माक्स, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको पर्याप्त व्यवस्थातथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरेर मल सञ्चालन गरिरहेको छ । व्यवसायीले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूरा गरे/नगरेको सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत निगरानी गरिने केसीको भनाइ छ । मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको केसीले जानकारी दिए ।
‘हामीले ग्राहक महानुभावहरुको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौं,’ केसीले भने, ‘जो कोहीले पनि निर्धक्कसँग मलमा आएर आफ्नो आवश्यकता अनुसार वस्तु र सेवा लिन सक्नुहुन्छ । हामी कठिन परिस्थितिका बीच पनि ग्राहक महानुभावहरुको दसैंलाई उत्सवमय बनाउन प्रयासरत छौं ।’
























