चितवन विशेष
चितवनमा मापसे गरेर डेढ वर्षको छोरोसहित आमा नदीमा हाम फालिन्
०

चितवन,असोज ३०-
चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् ।
इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नदीमा हामफाल्नुको कारण खुलेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























