चितवन विशेष

चितवनमा व्यवसायिक फोटोग्राफीको नयाँ एप्लिकेसन सार्वजनिक

Banner

चितवन, असोज २९-

विगत तीन वर्षदेखि नारायणी नदी किनारमा फोटो खिच्दै आएको डीएसआरएल सेवा प्रालिले नयाँ अनलाइन फोटोग्राफी एप सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेल मार्फत् प्रालिले कानुनी प्रक्रिया पूरा गरी एप्लिकेसन सार्वजनिक गरेको जनाएको हो। यस एप्लिकेसनमा अब मानिसहरुले आफूले चाहेको मूल्य, समय, ठाउँ र क्यामेरामा आफ्नो फोटो खिच्न सक्ने भन्दै कम्पनीले एप्लिकेसनमा ५०० देखि माथिको सेवा राखेको जनाएको छ । एप्लिकेसन मार्फत् फोटोको लागि क्यामेराम्यान विवाह तथा ठूला उत्सवमा मात्र बोलाउने हो र महंगो शुल्क लाग्छ भन्ने भ्रम चिर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ व्यवसायले फोटोग्राफीलाई थप व्यवसायिक बनाउँछ भन्ने अपेक्षा पनि गरेको छ । भविष्यमा कम्पनीले भिडियो सेवा पनि थप्ने जनाएको छ । मूल्य सूची, उपकरणसहित बिगतमा गरेका कामको नमुनासमेत हुने हुँदा बार्गेनिङ समय खर्च गर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ । जसबाट फोटो तथा भिडियो र फोटीग्राफीबाट ठगिने समस्या हट्ने कम्पनीले विश्वास लिएको छ । सेवाको कार्यालय भरतपुरको चौबिस कोठीको एयरपोर्ट प्लाजाको दोस्रो तलामा रहेको छ ।

डीएसएलआर सेवा प्रालिका प्रवन्ध निर्देशक सन्तोष कुँवरले पढाइसँगै व्यवसायिकरुपमा अघि बढाउनु पर्छ भन्ने सोचका साथ फरक ढंगबाट यो व्यवसाय सुरु गरेको जानकारी दिनुभयो । उहाँले तीन वर्षको अवधिमा एक दर्जनलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको दाबी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>