Breaking News

दशैंमा घर जाने यात्रुको लागि अनिवार्य मास्क, पहिलेकै मूल्यमा टिकट

Banner

काठमाडौं,असोज २९-

सामान्य अवस्था हुँदो हो त दशैं निजिकिँदै गर्दा घर जाने मानिसको लर्को हुन्थ्यो । साथै, टिकटको लागि बसपार्कमा मानिसको भीड हुन्थ्यो । तर, यो वर्ष कोरोना महामारीले गर्दा घर जाने मानिसको संख्या र टिकट काट्नेका संख्या निकै कम रहेको यातायात व्यवसायीहरूले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण लामो समयको बन्दाबन्दीका अधिकांश सर्वसाधाराणहरू रोजगारी तथा व्यवसाय छोडेर गृहजिल्ला फर्केका छन् । गृहजिल्ला फर्केका सर्वसाधारण कतिपय उपत्यका फर्केका छन् भने कतिपय हालसम्म पनि फर्कन सकेका छैनन् ।

यस्तै, मानिसको चाँप निकै देखिएपछि दशैंमा लामो दुरीको सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला नहुने भएको छ । कोरोना महामारीमा अधिकांश मानिस गृहजिल्ला रहेको र उपत्यका बाहिर जाने मानिस कम हुन अनुमान गरेसँगै यातायात सम्बद्ध सरोकारवालाहरुको छलफलबाट बुकिङ खोल्न आवश्यक नरहेको निष्कर्ष निकालेको छ । साथै, यातायात व्यवसायी र विभागले छलफल गरेर नियमित रुटमा चलिरहेकै यातायातले पुग्ने निष्कर्ष निकालेको छ । तर, घटस्थापनापछि मानिसको चाँप बढेमा आवश्यक अनुसार अग्रिम टिकट खुलाउने विषयमा छलफल भइरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संघले जनाएको छ ।

त्यसैगरी, हालसम्म उपत्यका बाहिर जाने मानिसको संख्या उल्लेखनीयक नभएपछि सजिलै टिकट पाइरहेको सर्वसाधारणहरूको भनाइ छ । मानिसको चाँप कम हुँदा उपत्यका बाहिर जाँदा सजिलै टिकट पाइरहेको र सहज तरिकाले यात्रा गर्न पाएको दोलखाकी लक्ष्मी थापा बताउँछिन् । ‘विगतको दिनमा एक हप्ता अगाडि नै लाइन बसेर टिकट काट्नुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले भाडा महंगो भएता विना कुनै झन्झट र विना कुनै रोकावट घर पुगे ।’

करिब ६ महिना पूर्ण बन्द अवस्थामा रहेको यातायात व्यवसायीले असोज १ गतेबाट ५० प्रतिशत यात्रु राख्ने र ग्राहकहरूबाट ५० प्रतिशत भाडा बढी लिई सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर, ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउँदा धेरै व्यवसायीले असहमति जनाउँदै आएको थियो । कोरोना महामारीले आर्थिक मन्दि भएको बेला यात्रुलाई बढी भार थपिएको भन्दै सबै सिटमा यात्रु राख्न पाउनुपर्नेमा नेपाल राष्ट्रिय यातायात महासंघले जोड दिँदै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>