Uncategorized

चितवनमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असोज २९-

चितवनमा ३ वर्षीय बालकसहित थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ५४ जनासहित ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ३० जना रहेका छन् । जसमध्ये ३ वर्षीय बालकसहित १९ जना पुरुष र ११ जना महिला रहेका छन् । यस्तै राप्ती नगरपालिकाका २ पुरुष र ५ महिलागरी ७ जना, खैरहनी नगरपालिकाका २ पुरुष र ३ महिला गरी पाँच जना, माडी नगरपालिकाका २ जना पुरुष, रत्ननगर नगरपालिकाका एक पुरुष र ४ महिला गरी पाँच जना र कालिका नगरपालिकाका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै इच्छाकामना गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी काठमाडौंका २ पुरुष, नवलपरासीको देवचुलीका १, तनहुँ र सर्लाहीका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>