Breaking News

कोरोनाको कारण दसैँमा नयाँ नोट वितरण नगरिने

Banner

चितवन, असोज २८-

हरेक वर्ष चितवनमा दसैँमा नयाँ नोट बाड्दै आएको राष्ट्रिय वाणिज्य बैँक भरतपुर शाखाले यस वर्ष नयाँ नोट वितरण नगर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँमा नोट सटही नगर्ने निर्णय गरेपछि यस वर्ष नोट नबाडिने राष्ट्रिय वाणिज्य बैँक भरतपुरका शाखा प्रवन्धक ईश्वरी न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । तीव्ररूपमा कोरोना संक्रमण बढेको र नोट वितरण गर्दा बैंकहरूमा भीडभाड हुने हुँदा नयाँ नोट सटही नगर्नेे राष्ट्र बैंकले निर्णय गरेको न्यौपानेले बताउनुभयो ।

न्यौपानेले भन्नुभयो, ‘यस वर्ष दसैँको टीका पनि नलगाउनु भन्ने सरकारको निर्देशन अनुसार पनि नयाँ नोट बाड्न आवश्यक देखिँदैन ।’ गत वर्ष बैँकले भरतपुरको चौबिसकोठीमा प्रतिव्यक्रि साढे १८ हजारको दरले करोडौँ मूल्यको नयाँ नोट वितरण गरेको थियो ।

(फाइल फोटो)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>