Breaking News
कोरोनाबाट चितवनमा थप एक पुरुषको मृत्यु
०

चितवन, असोज २८–
कोरोना भाइरसबाट चितवनमा थप एक जना पुरुषको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत नवलपरासी पूर्व मध्यविन्दु–१५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो । कोभिड आइसीयूमा उपचाररत ती पुरुषको राति १०ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
असोज १८ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनमा असोज २० गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























