चितवन विशेष
चितवनका १० सहित २७ जनामा कोरोना पुष्टि
०

चितवन,असोज २७-
चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्य १० जना मात्र चितवनका हुन् भने १७ जना अन्य जिल्लाका हुन् । भरतपुरको वडा नम्बर ७ का मात्रै ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३२, ४८, ३८, ३६ र २७ वर्षीय पुरुष रहेका छन् । यस्तै भरतपुर ११ का २४ र ३५ वर्षीय दुई पुरुष, १२ का ५८ वर्षीय पुरुष र रत्ननगर १० कि ४५ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।
क्यान्सर अस्पतालकै प्रयोगशालामा बारा र सिराहाका समान ३/३ जना, रुपन्देही र नवलपुरका समान २/२ जना तथा मोरङ, म्याग्दी, सर्लाही, दर्चुला र गोरखाका समान एक/एक जनामा कोरोना पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























