Breaking News

चितवन प्रशासनले भन्यो: घरमै बसेर दसैँतिहार मनाऔं,अनावश्यक हिडडुल नगरौं

Banner

चितवन, असोज २७-

चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएपछि प्रशासन कार्यालयले घरमै बसेर दसैँ तिहार मनाउ र अनावश्यक हिडडुल तथा जमघट नगर्न निर्देशन दिएको छ ।

प्रशासनले आज सो अनुरोध गर्दै घरमै बसेर सुरक्षाको मापदण्ड अपनाउँदै पूजाआजा गर्न पनि निर्देशन दिएको हो । प्रशासनले १२ वर्षभन्दा कम उमेरका बालबालिका र ६० वर्ष माथिका वृद्धवृद्धमा संक्रमणको जोखि उच्च रहेकोले घर बाहिर ननिस्कन र निस्कनै परे पनि सुरक्षाको मापदण्डहरु अपनाउन आवश्यक रहेको जनाएको छ । त्यसैगरी दसैँतिहार जस्ता चाडपर्वमा हुने शुभकामना आदानप्रदान कार्यक्रम, भेला, खेलकुद र देउँसीभैलो जस्ता कार्यक्रम पनि नगर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले भनेको छ , ‘ चितवनमा सञ्चालन भएका सार्वजनिक सवारी तथा व्यापारीहरुले पनि पूर्णरुपमा सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ । किनमेल र बिक्री गर्दा पनि विशेष सुरक्षाका उपायहरु पालना गर्नुपर्छ ।’

जिल्ला प्रशासन चितवनले नागरिकहरुले कोरोना महामारीलाई गम्भीररुपमा नलिएको भन्ने गुनासो बढ्दै गएपछि अवैद्य मदिराको बिक्री वितरण तथा होहल्ला पनि नगर्न निर्देशन दिएको छ । त्यसैगरी प्रशासनले राजमार्ग छेउछाउमा खाद्य पदार्थ बिक्रीवितरण नगर्न र सडक छेउमा राखिएका खाद्य पदार्थ खरिद र उपभोग पनि नगर्न निर्देशन दिएको छ । त्यस्तै तिहारमा पड्काइने पटका, चन्दा संकलन गर्ने र ध्वनि प्रदूषण हुने गरी माइक बजाउन पनि प्रशासनले बन्देज लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>