Breaking News
पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३५ हजार बढी
०

काठमाडौँ असोज २७–
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ भने ४ हजार ७ सय ९५ जना क्वारेन्टिनमा छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























