Breaking News

अब सार्वजनिक गाडीको सबै सिटमा यात्रु राख्‍न पाइने, भाडादर पूरानै

Banner

काठमाडौँ, असोज २७-

सरकारले चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेको छ ।

सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ ।

यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने र साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय गरेको थियो ।

दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पूरानै लिनुपर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यद्यपि यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>