Breaking News

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असोज २६–

चितवनमा आज (सोमबार) थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३२ र अन्य जिल्लाका २ जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका २७ जना रहेका छन् । जसमध्ये १९ जना पुरुष र ८ जना महिला रहेका छन् । यसैगरि रत्ननगर नगरपालिकाका २, खैरहनीका एक, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सर्लाहीका एक जना र नवलपरासी पूर्व मध्यविन्दुका एक जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>