चितवन विशेष

चितवनमा प्लाज्मा संकलन गरेर चेम्बर दिवस मनाइदै

Banner

चितवन, असोज २६–

उद्योगी ब्यवसायीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स चितवन शाखाले चेम्बर दिवस मनाउने भएको छ । स्थापना दिवसको दिनलाई चेम्बर दिवस मनाउन लागेको हो ।

चेम्बर दिवसको दिन चितवनमा कोरोना उपचारको लागी प्लाज्मा संकलन गरिने भएको छ । प्लाज्माथेरापीको लागि रगत संकलन गर्ने कार्यक्रम तय भएको नेपाल चेम्बर अफ कमर्स चितवनका अध्यक्ष दिर्घमान श्रेष्ठले बताए ।

उनका अनुसार मंगलबार कोरोना संक्रमणबाट निको भएका शसस्त्र प्रहरी बल भण्डारा र वडा प्रहरी कार्यालयका प्रहरीबाट रगत संकलन गरिने छ । त्यस्तै बुधबार रत्ननगरमा रहेको स्मार्ट फुड प्रालिमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

यसअघि नारायणगढको बाह«घरेमा रहेको कमर्सको कार्यालयमा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ । २००७ साल असोज २७ गते चेम्बर अफ कमर्सको स्थापना भएको हो । यही दिनलाई अबदेखि चेम्बर दिवसका रुपमा देशब्यापी रुपमा मनाउन लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>