Breaking News
भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
०

चितवन, असोज २५–
चितवनमा आज साँझ थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत४० वर्षीया बेवारिसे महिलाको आज बेलुकी ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ ती महिला अस्पताल भर्ना भएकी थिइन् । उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यमा थप जटिलता आउन थालेपछि उनलाई सोही दिनदेखि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।
योसहित आज कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























