Breaking News

भरतपुरमा बलात्कारविरुद्ध उत्रिएका प्रदर्शनकारी भन्छन् : देशमा न्यायालय छन् तर न्याय छैन

Banner

चितवन, असोज २५-

देशमा बलात्कारजन्य महिला हिंसाका घटना बढ्दै गइरहेको भन्दै त्यसको विरुद्धमा चितवनमा प्रदर्शन गरिएको छ ।

फिमेल रुम नेपाल चितवन फेसबुक गुप्र र लियो क्लब अफ भरतपुर(एरिया ३) को संयुक्त आयोजनामा पर्दशन गरिएको हो । आज दिउँसो चौबिसकोठीमा बलात्कार विरुद्धमा विभिन्न प्लेकार्ड प्रदर्शन तथा नारा लगाउँदै विरोध कार्यक्रम गरिएको कार्यक्रम संयोजक फिमेल रुम नेपाल चितवनकी रचना सुवेदीले जानकारी दिनुभयो । दिनहुँ बलात्कारका जघन्य घटना बढ्दै जादा सरकारको मौनता बढ्दै गएको भन्दै प्रदर्शन गरिएको सुवेदीले बताउनुभयो । ‘प्रदर्शनको क्रममा एक जना बलात्कारी जोगिँदा सयौँ बलात्कारी जोगिन सक्छन् सरकार’ , ‘न्यायालय छ न्यायाधीश छ न्याय छैन’ लगायतका प्लेकार्ड पर्दशन गरिएको थियो । प्रर्दशनमा झण्डै २०० जनाको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>