चितवन विशेष

चितवनमा भन्सार छलेर ल्याईएको ५ लाख बराबरको कपडा बरामद

Banner

चितवन, असोज २५–

चितवन प्रहरीले भन्सार छलेर ल्याईएको करिव ५ लाख बराबरको कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–३ शहिदचोक नजिक रोकी राखेको लु. २ ख. ३४० न. को ट्रकबाट सो कपडा बरामद गरेको हो । सो ट्रकमा अवैध रुपमा भन्सार छली ल्याएको अन्दाजी ४ लाख ७५ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको हो ।

जसमा ९५० थान कुर्ता सलवार, अन्य १० वटा पोका रहेको छ । ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष ३७ का रामबहादुर चौधरी र सोही स्थान बस्ने वर्ष ३५ कि मिना के.सी.लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>