चितवन विशेष

कांग्रेस चितवनले तामाङको शोकमा भोलि आधा झण्डा झुकाउने

Banner

चितवन, असोज २५-

भरतपुर महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष तथा वडाका कांग्रेस सहसभापति मणिलाल तामाङको निधन भएको शोकमा भोलि सोमबार पार्टीको आधा झण्डा झुकाउने भएको छ ।

नेपाली कांग्रेस चितवनले आज एक शोक विज्ञप्ति जारी गर्दै पार्टीको झण्डा आधा झुकाउँदै भोलि पार्टी कार्यालय एक दिनलाई बन्द गर्ने जनाएको हो । शोक विज्ञप्तिमा कोरोना संक्रमणको कारणले ६८ वर्षमा आज निधन भएका तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको तर्फबाट उहाँको चीर शान्तिको कामना पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘ प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेर काम गर्नुभएको स्वर्गीय तामाङ एक असल राजनीतिक तथा समाजिक व्यक्तित्व भन्दै पार्टीले उहाँको उच्च मूल्यांकन गर्दछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>