Breaking News

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा चितवनबाट ९ जना मनोनित

Banner

चितवन, असोज २५-

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा चितवनबाट नौ जना मनोनित हुनुभएको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त मिलेर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा आइतबार चितवनका ९ सहित देशभरबाट ४०० केन्द्रीय सदस्य थप गरिएका हुन् ।

चितवनबाट मनोनित हुनेहरुमा साविक राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट अमर केसी र सुरज न्यौपाने हुनुहुन्छ । त्यस्तै विष्णु खराल र दिलिप पाण्डे तत्कालिन कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट र तत्कालिन राप्रपा प्रजातान्त्रिकबाट वाग्मती प्रदेश सांसद रिना गुरुङ, पवित्रा जोशी, मिना न्यौपाने, रामहरि कँडेल, शिवकुमारी सुवेदी चयन हुनुभएको छ । दिलिप पाण्डे र रिना गुरुङ बाहेक सबैजना पार्टीका पूर्वकेन्द्रीय सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष रुद्र ढकालले नारायणी अनलाइनलाई बताउनुभयो ।

राप्रपाका अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पार्टीको विधान अनुसार मौजुदा केन्द्रीय समितिमा सदस्य संख्या थप गरी केन्द्रीय कार्य समिति विस्तार गरेको जनाइएको छ । यसअघि राप्रपामा ३२७ केन्द्रीय सदस्य थिए । हाल थपिएका गरी केन्द्रीय सदस्य संख्या ७२७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>