Breaking News
कर्णाली प्रदेशका मु्ख्यमन्त्री शाही बिरुद्ध नेकपाकै सांसदहरुको अविश्वास प्रस्ताव
०

काठमाडौँ असोज २५
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
पूर्वमन्त्री यामलाल कँडेल नेतृत्वमा नेकपाका १८ जना सांसदहरुले आइतबार संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई हस्ताक्षर बुझाएका हुन्।
नेकपाका ३३ जना सदस्यमध्ये १८ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
सविधानअनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























