Breaking News
भरतपुरका सडकमा स्मार्ट लाइट जडान हुने, ६ महिनाभित्रमा झिलिमिलि बन्ने

चितवन, असोज २५–
भरतपुर महानगरपालिकाको मुख्य सडकहरु ६ महिना भित्रमा झिलिमिलि हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा महानगरपालिको विभिन्न स्थानमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न लागेको हो ।
अबको ६ महिना भित्रमा महानगरको विभिन्न ८० किलोमिटर मुख्य सडक र मुख्य चोकहरुमा स्मार्ट बत्ती जडान हुने महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनले भनिन्–‘स्मार्ट स्ट्रिट लाइट जडानका लागि टेण्डर स्वीकृत भएको छ, अब ६ महिना भित्र महानगर भित्रका सडक झिलिमिलि हुन्छन् ।’
नेपाल विद्युत् प्राधिकरणले आज (आइतबार) स्मार्ट स्ट्रिट लाइट जडानका लागि टेण्डर स्वीकृति भएको सूचना गोरखापत्र दैनिकमा निकालेको छ । जसका लागि ११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाँको टेण्डर स्वीकृत भएको छ ।
स्मार्ट स्ट्रिट लाइट जडानको काम सेफ स्टिल, सूर्योदय उर्जा र टपसुन इनर्जी जेभी टोखा काठमाडौंले गर्नेछ ।
























