Breaking News
चितवनमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
०

चितवन, असोज २५–
चितवनमा आज (आइतबार) थप एक जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको आज विहान ५ः१० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या भई असोज २२ गते ती महिला अस्पताल भर्ना भएकी थिइन् । उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।
चितवनमा हिजो मात्रै एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























