चितवन विशेष

नारायणगढ लायन्स/लियो मौलाकालिका शान्ति दौड प्रतियोगिता स्थगित

Banner

चितवन, असोज २५–

२१ वर्षदेखि निरन्तर संचालन हुँदै आइरहेको प्रतिष्ठित नारायणगढ लायन्स/लियो मौलाकालिका खुल्ला शान्ति दौड प्रतियोगिता यसवर्ष स्थगित भएको छ । आयोजक नारायणगढ लायन्स क्लव र लियो क्लवले कोरोना भाइरस (कोभिड–१९) को कारण यस वर्ष प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

विश्वमै फैलिएको कोरोना भाइरस नेपालमा समेत बढ्दो अवस्थामा रहेकाले यसवर्ष प्रतियोगिता स्थगन गरी सहज समयमा गराउने निर्णय भएको नारायणगढ लायन्स क्लवका सचिव सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष दशैको फूलपातीको दिन यस प्रतियोगिता हुँदै आइरहेको थियो । क्लवले सँस्कृतिको जर्गेना, आन्तरिक पर्यटन विकास र स्वस्थ जीवनका निम्ति खेलकुद भन्ने उद्देश्यका साथ २१ वर्षदेखि प्रतियोगिता निरन्तर हुँदै आइरहेको छ । यस प्रतियोगितालाई सिगलिगे दौडपछिको महत्वपूर्ण प्रतियोगिताको रुपमा लिने गरिन्छ ।

सिगलिगे दौडमा सहभागिता जनाउने प्रतियोगीहरु यस प्रतियोगितामा सहभागिता जनाउने गरेका छन् । यस प्रतियोगितामा नारायणगढको लायन्स चोकबाट गैंडाकोटको मौलाकालिका मन्दिरसम्म पुग्नुपर्ने हुन्छ ।

नारायणगढ लायन्स क्लवले प्रतियोगिता स्थगित गरे पनि सबैमा दशैं, तिहार, छठको शुभकामना व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>