Breaking News

देश जननेता मदन भण्डारीको बाटोमा हिडिरहेको छ : थपलिया

Banner

चितवन, असोज २४

मदन भण्डारी फाउण्डेसन चितवनका संस्थापक अध्यक्ष तथा वाग्मती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले मुलुक अहिले जननेता मदन भण्डारीले देखाउनु भएको बाटोमा नै हिडिरहेको बताउनु भएको छ ।

मदन भण्डारी फाउण्डेसन खैरहनी नगर कमिटीको दोस्रो सचिवालय बैठकलाई शनिबार सम्बोधन गर्दै थपलियाले मदन भण्डारीले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद अनुसार नै अहिले देश विकासको बाटोमा अगाडि बढिरहेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘भण्डारीकै विचारलाई अनुसरण गर्दै रचनात्मक सामााजिक काम गरेर समाजलाई योगदान दिनुपर्छ ।’ कार्यक्रममा फाउण्डेसनको चितवन अध्यक्ष डा तिलचन्द्र भट्टराईले मदन भण्डारीको विचारलाई सिरोपर गरेर आफ्नो नेतृत्वमा रहेको मदन भण्डारी फाउण्डेसन सामाजिक संस्था मार्फत् समाजको रुपान्तरण र सचेतनामा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।

बैठकले समाजमा कोभिड–१९ बाट पार्न सक्ने थप असरबाट सतर्क रहन र आफ्नोआफ्नो स्थानबाट यस महामारीको प्रतिरोधमा लाग्न नगर बासीलाई अपिल समेत गरेको छ । गत असार ८ गते गठित मदन भण्डारी फाउण्डेसन खैरहनी नगर कमिटीको दोस्रो सचिवालय बैठकद्वारा पदाधिकारीहरु चयन गरेको छ । फाउण्डेसनका अध्यक्ष पूर्णबहादुर डल्लाकोटीको अध्यक्षतामा सम्पन्न बैठकले सचिवालय सदस्यहरु मध्येबाट पदाधिकारी चयन गरेकोछ । जसअनुसार उपाध्यक्षमा स्वरुप सुयाल, दिपेन्द्र खरेल र शान्ति अधिकारी रहनु भएको छ । त्यसैगरी सचिवमा प्रेम केसी र कोषाध्यक्षमा शान्ति चौधरी रहनु भएको छ । त्यस्तै बैठकले नगर कमिटीको ९ सदस्यीय सल्लाहकार कमिटी समेत चयन गरेको छ । सल्लाहकार कमिटीको संयोजकमा मुकुन्द दाहाल, सदस्यहरुमा अशोक रैला, वसन्त नेपाल, मुकुन्द दुवाडी, कमल न्यौपाने, ईन्द्रप्रसाद लामिछाने, भरत भण्डारी, राजेन्द्रप्रसाद शिवाकोटी र श्याम कँडेल रहनु भएको छ ।

साथै नगर सचिवालय कमिटी कुल ३३ सदस्यीय रहने निर्णयसमेत गरेको छ । बैठकमा मदन भण्डारी फाउण्डेसन चितवन कमिटीका अध्यक्ष डा.तिलचन्द्र भट्टराई, जिल्ला सचिव श्याम बिष्ट, सहसचिव तिलकराज रिमाल, मदन भण्डारी फाउन्डेसन जिल्ला कमिटीका सदस्यहरु कृष्णलाल चौधरी, शेखर शर्मा रेग्मी, किशोर बाबु पुरी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य प्रताप डल्लाकोटीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>