चितवन विशेष

चितवन राधापुरका पाठक साझा पार्टीको प्रवक्तामा नियुक्त

Banner

चितवन, असोज २४-

साझा पार्टीले चितवनका युवा नेता शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ ।

चितवन क्षेत्र नम्बर ३ मा गत संघीय निर्वाचनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै चुनाव लड्नु भएको उहाँ यसअघि पाठक सहप्रवक्ता हुनुहुन्थ्यो ।
छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनु भएको केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको साझा पार्टीको केन्द्रीय सचिवालयले शनिबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

ग्रामीण विकासमा स्नातकोत्तर गर्नु भएको पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गर्नुभएको थियो । उहाँले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गर्नुभएको थियो भने त्यसअघि उहाँ नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीको सदस्य हुनुहुन्थ्यो । उहाँको जन्म चितवनको राधापुरमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>