Breaking News

‘सरकारले वार्ता प्रक्रिया लम्ब्याएर डा. गोविन्द केसीको ज्यान लिने नियत राख्यो’

Banner

काठमाडौं, असोज २४-

सरकारले वार्ता प्रक्रियालाई लम्ब्याएर डा. गोविन्द केसीको ज्यान लिने नियत राखेको डा. केसी पक्षधरहरुको आरोप छ।

शुक्रबार भएको वार्ता विनानिष्कर्ष टुंगिएपछि शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै डा. केसी पक्षधरले सरकार आफैँले गरेको सहमतिबाट पछि हटेको र वार्ता प्रक्रियालाई लम्ब्याइरहेको आरोप लगाएका छन्।

केसी पक्षले देशभर दबाबमुलक कार्यक्रम जारी राख्न सबै नागरिकलाई अपिलसमेत गरेको छ ।

सरकार र डा. केसी पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर वार्तामा कुनै सहमति भएन । सरकार प्रक्रियागत कुरामा पछि हटेकाले सहमति नभएको आरोप केसी पक्षले लगाएको छ ।

डा. क्षेत्रीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>