Breaking News

चितवनका यी स्थानहरुमा आज विद्युत् कटौती हुँदै (सूचीसहित)

Banner

चितवन, असोज २४–

चितवनका विभिन्न क्षेत्रमा आज (शनिबार) विद्युत कटौती हुँदैछ । बुश कटिंग कार्यका लागि आज विहानदेखि विद्युत अवरुद्ध हुन लागेको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार १३२/३३/११ केभी भरतपुर बसेनीबाट संचालित फिडरहरुमा विद्युत कटौती हुन लागेको हो ।

जस अनुसार कल्याणपुर फिडर अन्तरगत घोडापालनदेखि धर्मचोक, विकास चोक र आसपासका क्षेत्रहरुमा विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत कटौती हुनेछ ।

यस्तै नारायणगढ फिडर अन्तरगतका भरतपुर–१० का केही भाग, लंकु, बाह्रघरे हुँदै फूर्तिचोकसम्मको क्षेत्रमा विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म, भृकुटी फिडर अन्तरगतका क्षेत्रहरु नारायणगढ बजार, बसपार्क, क्षेत्रपुर आसपासका क्षेत्रहरुमा विहान ८ बजेदेखि १० बजेसम्म विद्युत कटौती हुँदैछ ।

त्यस्तै गैंडाकोट फिडर अन्तरगतका क्षेत्रहरु विशालचोक हुँदै आँपटारीदेखि जुगेडी हुँदै सिमलतालसम्ममा दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म र औद्योगिक–२ फिडर अन्तरगतका क्षेत्रहरु आँपटारीदेखि रामनगरसम्ममा दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत कटौती हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>