Breaking News

डा. केसी पक्ष र सरकारी टोलीबीच पुनः वार्ता हुँदै, सहमति जुटे आजै अनसन तोड्ने

Banner

काठमाडौं, असोज २३-

डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज पुन वार्ता हुने भएको छ ।

चिकित्सा क्षेत्र सुधारको माग राख्दै १९ औँ पटक अनशन डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज फेरि वार्ता हुने भएको छ ।

सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाउनुभएको मागका विषयमा हिजो छलफल भएको थियो । छलफलले डा केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ ।

गएराति अबेरसम्म भएको वार्ता सकारात्मक भएपछि आज पनि वार्तालाई निरन्तरता दिन लागिएको हो ।

आजको छलफलको समय भने तय भइनसकेको डाक्टर केसीको तर्फबाट वार्ता टोलीका संयोजक डाक्टर जीवन क्षेत्रीले जानकारी दिए । आज सहमति भए डाक्टर केसीले आजै अनशन तोड्ने पनि क्षेत्रीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>