Breaking News

चितवनमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असोज २२–

चितवनमा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज प्रयोगशालामा आज (बिहीबार) गरिएको परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ४१ जना रहेका छन् भने रत्ननगर नगरपालिकाका ६ जना, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाका एक/एक जना, कालिका नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरि नवलपरासी पूर्वका १० जना, मकवानपुरका ६ जना, तनहुँ, बारा, सर्लाही, रौतहट, रुपन्देही, लमजुङ र धादिङका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>