Breaking News

चितवनको माडीमा बन्ने पाँच तले भ्यु टावरको डीपीआर बन्यो, गोलालघाटसम्मको दृश्य हेर्न सकिने

Banner

चितवन, असोज २२

माडी नगरपालिका–६ लक्ष्मीबासको पुष्पमदन बाटिकामा पाँच तले भ्यु टावरसहितको होटल बन्ने भएको छ ।

दुई करोड लागतमा पुष्पमदन बाटिकाभित्र बन्ने पार्कको डीपीआर तयार भएको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । स्वर्गीय नेताहरु पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा निर्माण गरिएको बाटिकामा होटलसहितको भ्यू टावर, बालउद्यान, एकतास्तभ्भ, पुष्पलाल र भण्डारीको शालिक, वनभोज स्थल र सभाहल रहने उहाँले बताउनु भयो । टावरबाट माडी नगरपालिकाका महत्वपूर्ण दृश्यसहित भरतपुरको गोलालघाटसम्मका दृश्यहरु हेर्न सकिने गरी डीपीआर तयार गरिएको छ ।

पुष्पमदन बाटिका सञ्चालन समितिका उपाध्यक्ष श्री दवाडीका अनुसार भ्युटावरलाई स्थानीय समुदायले सञ्चालन गर्ने तयारी गरेको छ । कम्युनिटी जंगल लज नाम दिइएको सो टावर पाँच तलाको हुनेछ टावरको माथिल्लो तलामा दूरबिन राखिएको हुनेछ भने प्रत्येक तलामा पर्यटकहरुले दृश्य अवलोकन गर्दै खाना खान सक्नेछन् । उपाध्यक्ष दवाडीले दुई करोड लागतमा बन्ने टावर अबको पाँच वर्ष भित्रमा सञ्चालनमा ल्याउने योजना रहेको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले अहिले समिति सभाहल निर्माणको काममा लागिरहेको बताउनुभयो । पुष्पमदन बाटिकालाई व्यवस्थित र पर्यटकीय आकर्षणको केन्द्र बनाउन गत वर्ष प्रदेश सरकारले एक करोड बजेट बिनियोजन गरेको थियो भने यस वर्ष प्रदेश सरकारले ४० लाख रुपैयाँ र संघीय सरकारले १० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>