Breaking News

नेपाल कुखुरा व्यवसायी मञ्च चितवनले भन्यो: कोरोनाले अण्डा उत्पादनमा गिरावट आयो

Banner

चितवन, असोज २२–

नेपाल कुखुरा व्यवसायी मञ्च चितवनले नेपालमा कोभिड १९ को संक्रमण पश्चात उत्पादनमा केही गिरावट आएको जनाएको छ ।

मञ्चले आज प्रेषित गरेको विज्ञप्तिमा अहिले नेपालमा अण्डा उत्पादन दैनिक ३० लाख गोटा, ब्रोइलर चल्ला प्रति हप्ता ३५ लाख गोटा, लेयर्स चल्ला प्रति हप्ता दुई लाख गोट , मासु दैनिक सात लाख केजी र दाना दैनिक २८ सय मेट्रिक टन रहेको छ । जुन अनुपात कोरोना संक्रमणअघि निकै धेरै रहेको थियो ।

देशको कुल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिनुका साथै चार लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको पोल्ट्री व्यवसायमा विभिन्न उतारचढाव आउने गरेको कारण उत्पादन र खपतमा असन्तुलन भएको विज्ञप्तिमा उल्लेख छ ।

भोलि शुक्रबार परेको विश्व अण्डा दिवसको अवसरमा विश्व भरका आम जनताहरुमा सुस्वास्थ र प्रगतिको कामना गर्दै मञ्चले कुनै पनि प्रकारको मिसावट हुन नसक्ने सबै भन्दा सस्तो मूल्यमा मानव शरीरका लागि आवश्यक पर्ने प्रोटिन तत्व पाइने अण्डा नियमित रुपमा उपभोग गरी आफ्नो परिवारको स्वास्थ प्रति सचेत बन्न सबैमा शुभकामना दिएको छ ।

विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै विश्वभरका पोल्ट्री व्यवसायीहरुको सन १९९६ मा इन्टरनेसनल एग कमिशन स्थापना भएको र हरेका अक्टुवर महिनाको दोस्रो शुत्रबार विश्व अण्डा दिवस मनाउने परम्परा अनुसार २०७७ असोज २३ गते शुक्रबार भोलि २५ औ विश्व अण्डा दिवस परेको छ । मानव स्वास्थ्यका लागि आवश्यक पर्ने, प्रशस्त मात्रमा प्रोटिन पाइने र कुनै पनि प्रकारको मिसावट गर्न नसकिने प्रोटिन र खनिज तत्वले भरीपूर्ण सबै भन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा भएको मञ्चको दाबी छ । अण्डाको नियमित उपभोगबाट स्वास्थ्यका लागि धेरै फाइदा हुने विश्व खाद्य संगठनले जनाएको छ ।

स्वास्थका लागि अत्यावश्यक, पूर्ण पाचनशिल, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत अण्डा भएको मञ्चले विज्ञप्तिमा उल्लेख गरेको छ । मञ्चले अण्डामा विद्यमान एन्टी अक्सिडेन्टले बुढ्यौली र हर्ट एट्यांक समेत रोक्न मद्धत गर्छ भन्दै आँखाको शक्ति बढाउन र रक्त अल्पताबाट बच्न पनि अण्डा खानु आवश्यक भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>