चितवन विशेष
नारायणी नदीमा गैंडा मृत फेला
०

भरतपुर,असोज २२ –
नारायणी नदिमा एउटा गैडा मृत अवस्थामा फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैडा मृत फेला परेको हो ।
टुङ्गा गस्तिको टोलीले बुधबार अपरान्ह अन्दाजी १५ वर्षिय गैंडा मृत अबस्थामा फेला पारेको उहाँले बताउनुभयो । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुवेको अवस्थमा फेला परेको गैडाको खाग र खुर सुरक्षित रहेको रामले बताउनुभयो । पछिल्लो एक सातामा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैडा मृत भेटिएका छन । यो आर्थिक बर्षमा मात्र ८ वटा गैडा मृत भेटिएका छन । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























