Breaking News

चितवनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असोज २१–

चितवनमा आज (बुधबार) थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आज गरिएको परीक्षणमा चितवनका २५ र अन्य दुई जना विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १७ जना रहेका छन् । जसमध्ये १२ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु २२ देखि ६९ वर्ष उमेर समूहका छन् भने महिलाहरु ३२ देखि ६३ वर्ष उमेर समूहका छन् ।

यस्तै खैरहनी नगरपालिकाका २ पुरुष र २ महिला गरी चार जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु वडा नं. २, ११ र १२ का हुन् । यस्तै रत्ननगर नगरपालिकाका वडा नंं.१, २ र ६ का गरी एक महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती नगरपालिका–१ का २९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरि नवलपरासी पूर्व देवचुली–१० का ६० वर्षीय पुरुष र डोटी सिलगडी–४ का ४१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>