चितवन विशेष

भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द

Banner

चितवन, असोज २१–

चितवनको भरतपुर महानगरपालिका आज (बुधबार) एक दिनका लागि बन्द गरिएको छ ।

तत्कालिन भरतपुर नगरपालिकाका पूर्व नगर प्रमुख हिमबहादुर पियाको आज (बुधबार) विहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तरगतका सम्पूर्ण कार्यालयहरु आज एक दिनका लागि बन्द रहने जानकारी गराएको हो । महानगरले स्वर्गीय पियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>