Breaking News
चितवनमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु
०

चितवन, असोज २०–
चितवनमा आज (मंगलबार) साँझ थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भइ अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
यस्तै आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते पीसीआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए ।
श्वासप्रश्वासको समस्या देखिएका ती पुरुषको ६ः३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























