Breaking News

चितवनमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असोज २०–

चितवनमा आज (मंगलबार) थप ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनसहित अन्य विभिन्न जिल्लाका गरी ६२ जनामा संक्रमण पुष्टि भएको ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ४३ जना छन् । जसमध्ये २७ जना पुरुष र १६ जना महिला रहेका छन् । यसैगरि माडी नगरपालिका–५ का ३० वर्षीय पुरुष, राप्ती नगरपालिकाका ६ जना पुरुष, खैरहनी नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना, रत्ननगर नगरपालिकाका–१२ की ३४ वर्षीया महिला, कालिका–६ का २५ जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरि नवलपरासी पूर्वका २, जाजरकोट, हुम्ला र मोरङका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>