Breaking News
भरतपुर अस्पतालमा नारायणगढका कोरोना संक्रमित पुरुषको मृत्यु
०

चितवन, असोज १९–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाका लागि ल्याईएका भरतपुर महानगरपालिका–३ का ७० वर्षीय पुरुषको आज (सोमबार) बेलुका ७ः१५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपचारका लागि कोभिड आइसीयूमा आइपुग्दा ती पुरुष मृत अवस्थामा रहेको अस्पतालले जनाएको छ । मृतकका आफन्तका अनुसार ती पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो भने मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।
ती पुरुष चार दिन अघि कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























