Breaking News

नारायणगढमा सुपथ मूल्य पसलः नुन र चिनी किन्न ग्राहकको भीड(तस्विरमा)

Banner

निशा श्रेष्ठ,

चितवन असोज १८ –

दैनिक उपभोग्य बस्तु बजार मूल्यभन्दा सस्तोमा पाइने भएपछि नारायणगढको साल्ट ट्रेडिङ कर्पोरेशनमा ग्राहकको भीड लाग्न थालेको छ । कर्पोरेशनले असोज १५ गतेदेखि सञ्चालनमा ल्याएको सस्तो पसलमा ग्राहकको भीड लागेको हो । सरकारले सर्वसाधरणको लागि देशका विभीन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ ।

दिउँसो २ बजेसम्म सन्चालन हुने पसलमा विहानैदेखी ग्राहकको भीड लाग्छ । गर्मी र कोरोनाकोे प्रवाह नगरी उपभोक्ताहरु सामान किन्न घण्टौ लाइनमा बस्ने गरेका छन । भरतपुर महानगरपालिका ८ गौरीगन्जकी सावित्री पौडेल झण्डै डेढ घण्टादेखि सामान लिन लाइनमा बसेको बताउनुभयो । उहाँले लाइनमा बस्न परिस्थीति अनुकुलन नभएपनि सस्तो र राम्रो सामान पाइने भएकाले नारायणगढसम्म आएको बताउनुभयो । नुन,चिनी,चियापत्ती लिन आएको बताउने उहाँले दुई/चार रुपैयाँ भएपनि सस्तो हुँदा आफुहरुलाई राहत भएको बताउनुभयो ।


सुपथ मुल्य पसलमा चिनी, नुन, चामल, गेडागुडी, चियापत्ती, मसला आदि दैनिक उपभोग्य सामान पाइन्छ । यी सबै सामानहरु बजार मूल्यभन्दा सस्तो रहेको कार्यालयले जनाएको छ । चिनी बजार मूल्यभन्दा १५ रुपैयाँ सस्तो छ भने अन्य सामान पनि केही रुपैंया सस्तो छ ।
दुई घण्टादेखि सुपथ मूल्य पसलको लाइनमा बस्नुभएका भरतपुर १० का पोषनाथ पौडेल सरकारले पसल संचालन गरेर राम्रो काम गरेको भएपनि लाइन व्यवस्थित नगरिएको गुनासो गर्नुभयो । उहाँले टोकन सिस्टमबाट ग्राकलाई सेवा दिन आग्रह गर्नुभयो । भरतपुरका गोपाल भुसाल एउटा मात्रै काउन्टर कमी भएको भन्दै कर्मचारी बढाएर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “टोकन सिस्टम लागु गरेर माइकिङ्ग गर्नुपर्छ, सामाजिक दुरी अनिवार्य गर्नुपर्छ ।”

भरतपुर ९ की सीता लामिछाने बजार भन्दा सस्तोमा सामान पाउँदा खुशी देखिनुहुन्थ्यो । उहाँको पनि गुनासो पसलको व्यवस्थापनमा नै थियो । “यस्तो महामारीको बेला छ कसरी हुन्छ दुरी कायम गरेर ग्राहकलाई छिटो सेवा दिनुपर्छ”,उहाँले भन्नुभयो ।

साल्ट्र टे«डिङ नारायणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालले सरकारले सर्वसाधरणका लागि केही मात्रामा भएपनि राहात होस भनेर सुपथ पसल सञ्चालनमा ल्याएको बताउनुभयो । सहुलियत पसलबाट दैनिक चितवन र नवलपुरका २ सय देखि ३ सय जनाले सेवा लिएको उहाँले बताउनुभयो ।

सुपथ मूल्य पसलबाट नुन र चिनी प्रत्येक व्यक्तिले चार/चार किलो मात्रै किन्न पाउँछन भने अन्य सामानमा उपभोक्क्ताको इच्छा बमोजिम किन्न पाउने व्यवस्था मिलाइएको छ । कोरोनाको महामारीको अवस्थासंगै चाडबाडमा ग्राहकको भीडभाड धेरै हुने भएकाले सजगता अपनाइएको दाहालले बताउनुभयो ।

उहाँले सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका बिधी मास्क, सेनिटाइजरको लागि ग्राहकलाई आग्रह गरिएको बताउनुभयो । टोकन सिस्टमले भिड एकै ठाउँमा जम्मा हुनसक्ने भएकाले दुरी कायम गरेर लाइनमा बस्ने नियम बनाइएको उहाँले बताउनुभयो । दशै तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल मंसिर ६ गतेसम्म सन्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>