मनोरञ्जन

चितवन र अमेरिकामा छायांकन भएको दसैँतिहार गीत सार्वजनिक

Banner

चितवन, असोज १७-

अमेरिकाबाट विदेशमा बस्ने नेपालीको मर्म बोकेको दसैँतिहार गीतको भिडियो सार्वजनिक भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा वेलडन क्रिएशनले बोस्टनको श्री इन्टरनेशनलको लागि विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर दसैँतिहार गीतको भिडियो शुक्रबारबाट सार्वजनिक गरेको हो । यस गीतका रचनाकार चीनमा बस्ने एनआरएन तथा ब्यापारी नविन बिक हुनुहुन्छ । बाल्टीमोरको वेलडन क्रिएशन निर्देशक शंकर घिमेरे र नायिका रिचा घिमिरेले संयुक्तरुपमा सञ्चालन गर्नुभएको हो ।

यस कम्पनी मार्फत नायिका रिचा घिमिरे विदेशमा बस्ने सफल महिलाहरुको सफलता र संघर्षको बारेमा पोडकास्टमा रेडियो कार्यक्रम ‘इनकमर’ चलाउनुहुन्छ । निर्देशक शंकर घिमिरेले निर्देशन गरेको उक्त दसैँ गीतमा नेपाली सिनेक्षेत्र तथा संगीत क्षेत्रका हस्तीहरुले संयुक्तरुपमा अभिनय गरेका छन् । यो गीतको छायांकन नेपालको चितवन र अमेरिकाकÞो बाल्टिमोरमा गरिएको हो । सम्भवत धेरै कलाकारलाई एकसाथ लिएर विदेशमा छायांकन गरिएको यो नै पहिलो गीत हो ।

यस भिडियोमा प्रेमराजा महत, भगवान भण्डारी, राजु लामा, सुधांशु जोशी, रिचा घिमिरे, पूजा चन्द, सारंगा श्रेष्ठ, नविन विक ,निर्मला भण्डारी,बाबूराम ढ़काल, प्रतिक्षा ढ़काल, श्रीप्रकाश लामिछाने,लोकेंद्र गुरुङ, हरि गैरेलगायतका अन्य कलाकारहरुले संयुक्त रुपमा आफ्नो प्रस्तुति दिनु भएको छ ।

यस गीतलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत दिनु भएको हो भने राज सिग्देल र समीक्षा अधिकारीले स्वर दिनु भएको छ ।
गीतको छायांकन बिक्रान्त मान श्रेष्ठ ,नृत्य नविन केसी र लुना श्रेष्ठको रहेको छ । नेपालमा किशोर चौधरी, शृंगार अप्सरा विविध कारणले कलाकारिताको क्षेत्रमा लामो बिश्राम लिए पनि आफ्नो मन सधै कलाकारिताकै क्षेत्रमै भएको कुरा निर्देशक शंकर घिमिरेले बताउनु भयो । कोरोना महामारीको समयमा सुरक्षित बिधि अपनाई गीतलाई चितवन र अमेरिकामा छायांकन गरिएको छ ।

विदेशमा बस्ने नेपालीको मर्म बोकेको गीत सार्है मन परेको रआफ्नो गीत बाहेक अरुको गीतमा पहिलो चोटी आफुले अभिनय गरेको वरिष्ठ गायककार प्रेमराजा महतले बताउनु भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>