चितवन विशेष

रत्ननगरमा ३१६ मा कोरोना पुष्टि, ७८ प्रतिशत कोरोना मुक्त

Banner

चितवन,असोज १६-

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । कोरोना भाइरस संक्रमण देखिएयता शुक्रबार सम्म ३१६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जस मध्य ७८ प्रतिशत संक्रमित कोरोना मुक्त भएर घर फर्किएका नगरपालिकाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार हाल सम्म १ हजार ४४४ जनाको पिसिआर नमुना परीक्षण गरिएकोमा ३१६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्य २४८ जना अर्थात ७८ प्रतिशत निको भएको र ६५ जना बिरामीमा कोरोना सक्रिय रहेको पौडेलले बताए । जस मध्य ५७ जना होम आइसोलेसन , ५ जना सामुदायिक आइसोलेसन र ३ जना संस्थागत आइसोलेसनमा छन् । उनिहरु सबै लक्षण बिहिन रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणका कारण रत्ननगरमा हाल सम्म ३ जनाको अर्थात १ प्रतिशतको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला हुन । रत्ननगरमा हाल सम्म ३९५ जना सामुदायिक क्वारेन्टाइन ,३१० जना होम क्वारेन्टाइनमा बसिसकेका छन् भने ४०५ जनाको आरडिटी परिक्षण गरिएको छ । रत्ननगरमा दुई वटा उद्योग मा संक्रमण फैलिएको कारण संक्रमितको संख्या धेरै देखिएको रत्ननगरका मेयर नारायण वनले बताए । मेयर वन स्वयम्मा कोरोना संक्रमण देखिएर निको भइसकेको छ । रत्ननगरमा सबै भन्दा धेरै वडा नम्बर १४ मा ६५ जना र सबैभन्दा कम वडा नम्बर ६ मा १ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।

पत्रकार सम्मेलनमा कोरोना मुक्त भएको सो नगरपालिकाका मेयर नारायण वनले कोरोना संक्रमण पछि होम आइसोलेसनमा रहंदाको अनुभव सुनाए । कोरोना संक्रमण नियन्त्रणका लागि दिनरात खट्दा आफैमा संक्रमण देखियो मेयर वनले भने – जनताको सेवामा खटिरहने बानी परेको घर भित्रै बस्दा उकुसमुकुस भयो,आफ्नो स्वास्थ्यको ख्याल गर्दै नगरबासीको पनि चिन्ता उत्तिकै लाग्यो । कोरोनबाट छिटो मुक्त हुन आत्मबल बलियो बनाउनु पर्ने आफुले अनुभव गरेको उनले सुनाए । होम आइसोलेसनमै बस्दा आत्मवल बढ्ने भन्दै मेयर वनले बाच्नको लागि कागतीको पात समेत खाएको बताए । उनले मरिच,बेसारपानी,निमको पात,पारिजातको पात समेत खाइएको समेत बताए । गुर्जो बेसार पानीको नियमित सेवन गरेको बताउदै उनले योगा,ध्यान समेत ती अबधिमा गरेको जानकारी दिए ।

होम आइसोलेसनको अबधिमा एक दिन अलि गाह्रो भए पनि चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य विधि अपनाइएको उनले सुनाए । मेयर वनले आफ्नो स्वास्थ्य प्रती चिन्ता व्यक्त गर्ने,सुझाब दिने,स्वास्थ्यको कामना गर्ने सबैलाइ धन्यवाद समेत दिए । सो अवसरमा नगरपालिका उपमेयर बिमला दुवाडिले घरायसी र आयुर्वेदिक औसधि सेवन र योग अभ्यास नियमित गरे कोरोनालाइ सजिलै परास्त गर्न सकिने बताइन । यसैबीच सो नगरपालिकाले कोरोना नियन्त्रण,रोगथाम र व्यवस्थापनमा १ करोड ४९ लाख ८९६ रुपैया खर्च भएको जनाएको छ । आर्थिक बर्ष २०७६÷७७ मा १ करोड २७ लाख र चालु आर्थिक बर्षमा २२ लाख ८९६ रुपैया खर्च भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>