चितवन विशेष

चितवन महिला च्याम्बरद्धारा प्रहरीलाई ३५० थान फेस सिल्ड सहयोग

Banner

चितवन,असोज १५-

चितवन महिला च्याम्बरद्धारा जिल्ला प्रहरी कार्यालय चितवनलाई ३५० थान फेस सिल्ड सहयोग गरेको छ । आज (बिहिबार) चितवन महिला च्याम्बरकी अध्यक्ष अनुसा पाठकले प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रम मार्फत प्रहरी प्रमुख नान्तिराज गुरुङलाई फेस सिल्ड हस्तान्तरण गरेकी हुन ।

सो अवसरमा प्रहरी प्रमुख गुरुङले कोरोनाको जोखिममा प्रहरीलाई फेस सिल्ड अपरिहार्य भएको बताउनुभयो । उहाँले खुला मन गराएर सहयोग गरेको भन्दै अध्यक्ष पाठकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

फ्रन्टलाईनमा रहेर काम गर्ने प्रहरीलाई थोरै भएपनि राहत होस भन्ने उदेश्यले सहयोग गरेको अध्यक्ष पाठकले बताउनुभयो । उहाँले सबैको साथ र सहयोगबाट नै कारोना जित्दै देनिक कृयाकलाप अघि बढाउन सकिने बताउनुभयो । एक बर्ष अघिमात्र गठन भएको चितवन महिला च्याम्बमा ३० जना महिला व्यवसायी आबद्ध छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>