Breaking News
वैरागी बने सरकारको मुख्य सचिव, खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूतमा सिफारिस

काठमाडौं, असोज १५-
सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाकाे राजदूतमा सिफारिस गरेको छ । यसैगरी नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् ।
त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गरेको हो।
रेग्मीले बिहीबार नै मुख्य सचिवबाट राजीनामा दिएका थिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, साढे दुई वर्ष अर्थमन्त्री, केही दिन प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै खतिवडा अन्ततः राजदूत सिफारिस भएका हुन् ।
मुख्यसचिवबाट अवकास पाएसँगै कुनै शक्तिशाली देशको राजदूत बनाउने परम्परा अनुसार रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरिएको हो । राजदूतमा सिफारिस हुने पक्का भएपछि मात्रै उनले मुख्यसचिव पदबाट आज बिहान मात्रै राजीनामा दिएका थिए ।
मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए ।
























