चितवन विशेष

चितवनका पत्रकार अधिकारीलाई कोरोना संक्रमण

Banner

चितवन, असोज १४–

चितवनका पत्रकार नारायण प्रसाद अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ । चितवन मेडिकल कलेजमा आज (बुधबार) गरिएको परीक्षणमा पत्रकार अधिकारीमा संक्रमण पुष्टि भएको हो ।

उहाँका धर्मपत्नीमा संक्रमण पुष्टि भएपछि पत्रकार अधिकारीले पनि स्वाब दिनु भएको थियो । चितवन मेडिकल कलेजमा भएको परीक्षणमा उहाँको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । पत्रकार अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँले सञ्चारपत्रसंग भन्नुभयो–‘मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण देखिएको छैन ।’

पत्रकार अधिकारी नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष, नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँ राष्ट्रिय समाचार समिति (रासस)का चितवन प्रमुख समेत हुनुहुन्छ ।

चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>