Breaking News
पछिल्लो २४ घण्टामा १५ सय ५९ कोरोना संक्रमित थपिए, १ हजार ५७ निको भए
०

काठमाडौं, असोज १४-
पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५७ कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























