Breaking News

ओली–प्रचण्डबीच भेटवार्ता स्थगित, मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित

Banner

काठमाडौं, असोज १४-

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधबार) हुने भनिएको भेटवार्ता स्थगित भएको छ।

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा बिहीबारदेखि दैनिकजसो छलफलमा रहेका दुई अध्यक्षबीचको आज हुने भनिएको छलफल एकाएक स्थगित भएको हो।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले सहमतिमै बुधबारको बैठक स्थगित भएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>