Breaking News

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग, परिवारले अझै बुझेन शव

Banner

काठमाडौँ, असोज १३-

नेपाल दलितमुक्ति सङ्गठनले सम्झना कामीको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ ।

सम्झना कामीको शव घटनाको सात दिन बिते पनि परिवारले बुझ्न मानेका छैनन्। अपराधीलाई कानूनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै परिवारले शव उठाउन मानेका छैनन्।

“घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ”, सङ्गठनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
तर राजेन्द्र बोहोराले अहिलेसम्म पनि अपराध स्वीकारेका छैनन्।

विज्ञप्तिमा भनिएको छ, “देशैभरि दलितमाथि घटेका हत्या तथा भेदभावका घटनामाथि तत्काल कानून बमोजिम कारवाही नगर्दा यस्ता खाले घटना दोहोरिँदै जाने र अपराधीको मनोबल बढ्दै जाने भएकाले यसखाले घटना दोहोरिन नदिन राज्यका तर्फबाट विशेष कदम चाल्न सरकार समक्ष जोडदार माग गर्दछौं ।”

सम्झनाका आफन्तहरु यही नै अपराधी हो भन्ने एकिन नहुँदासम्म शव नबुझ्ने अडानमा छन्।

घटना भएको भोलिपल्ट नै (अशाेज ८ गते) पोष्टमार्टम गरिएको सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।

शव राख्ने फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>