Breaking News

शनिबार चितवनका यी स्थानमा हुँदैछ विद्युत् कटौती

Banner

चितवन, असोज १२–

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आउँदो शनिबार चितवनका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । आज (सोमबार) एक सूचना जारी गर्दै विद्युत् कटौती गर्नु अगावै त्यस बारे जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार ३३ केभी पर्सा फिडर र ३३ केभी चनौली फिडर अन्तरगत विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् कटौती हुनेछ ।

यस्तै भरतपुर १, औद्योगिक १ र हस्पिटल फिडर अन्तरग विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र नारायणगढ, गैंडाकोट, औद्योगिक २ फिडर अन्तरगत विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणका भरतपुर प्रमुख सुरेश कुमार महतोले जानकारी दिए ।

उनले भरतपुर बाइपास सडक खण्डमा विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्यका लागि विद्युत् कटौती गर्न लागिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>